हेटाैँडा । हेटौँडा सन्देश दैनिक तथा नारायणी एक्सप्रेस दैनिकका पूर्वसम्पादक एवं अग्रज पत्रकार सन्तोष न्यौपानेलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मञ्जना न्यौपानेको मङ्गलबार साँझ हेटौँडा अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित न्यौपानेको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको मङ्गलबार नै हेटौँडास्थित राप्ती तटमा अन्त्येष्टि गरिएको छ ।

दिवङ्गत न्यौपाने हेटौँडा–१० स्थित तुलसीमेहर स्कुलमा विगत २० वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । उनले शिक्षिका रूपमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको तुलसीमेहर स्कुल तथा नारायणी कलेज परिवारले जनाएको छ । दिवङ्गत न्यौपानेका एक छोरा छन् ।