हेटौंडा । मनहरी गाउँपालिका–२ मा माओवादी विजयी भएको छ ।

माओवादीको उम्मेदवार राजकुमार पाख्रिन कांग्रेसलाई पराजित गर्दै विजयी भएको हो । पाख्रिनले ५ सय ४५ मत ल्याउँदै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ४ सय २४ मत ल्याएका थिए । एमालेका उम्मेदवार यस वडामा तेस्रो हुन पुगे । एमालेका उम्मेदवारले ४ सय २० मत प्राप्त गरेका थिए ।

यस वडाबाट प्रमुख र उपप्रमुखमा गठबन्धनको पक्षमा बढी मत खसेको छ ।