Uttarkashi: Wreckage of a bus after it fell into a deep gorge, in Uttarkashi district, Sunday, June 5, 2022. The bus was carrying pilgrims, and at least 25 people died and 3 others suffered injuries, according to officials. (PTI Photo)(PTI06_05_2022_000289B)

एजेन्सी । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार भारतीय रुपैयाँ दिने बताए ।