हेटौंडा । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि अनलाइन फाराम भर्नुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भरी बायोमेट्रिकको लागि कार्यालयमा उपस्थित हुन भनेको छ ।
सूचनामा अनलाइन फाराममा दिइएको मितिमा मात्र सक्कल कागजात सहित उपस्थित हुन उल्लेख गरिएको छ ।
नेपाल सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा आधा रातदेखि लाइन बस्नेहरुको घुइचो लाग्ने गरेको थियो । भिड बढेसँगै सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोगिरहेका थिए ।












प्रतिक्रिया दिनुहोस्