हेटौंडा । भोलि शुक्रबारबाट मकवानपुरको १० वटै स्थानीय तहमा विद्युतीय पासपोर्ट (इ–पासपोर्ट) को लागि निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्नेको भीडभाड बढेको र साईबरहरुले मनलग्दी पैसा लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्यमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था मिलाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्र देव पाण्डेले जानकारी दिए ।
आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रजिअ पाण्डेले भोलिबाटनै जिल्लाको स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताए । उनले जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै शुक्रबार समयमै स्थानीय तहको कार्यालयमा पुगेर फारम भर्न सकिने बताए ।
‘ईन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिन्छ । ईन्टरनेटको पहुँच नभएकाहरुलाई अब जिल्ला प्रशासन कार्यालय सम्म फारम भर्नकै लागि आउनुपर्दैन् । प्रजिअ पाण्डेले भने,आफ्नै स्थानीय तहमै निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिन्छ ।’ प्रजिअ पाण्डले गएको असार २१ गते जिल्लाको १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग बैठक बसेर स्थानीय तहबाटै इपासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनको लागि वातावरण मिलाईएको बताए । पाण्डेले मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको एक सातामै आम जनताको गुनासो सम्बोधन गरेका छन ।












प्रतिक्रिया दिनुहोस्