हेटौंडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङ सहित नेपाल प्रहरीका ३२ एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन्।












प्रतिक्रिया दिनुहोस्