हेटौंडा । हेटौंडा क्याम्पसमा बिएड दोश्रो बर्षको परीक्षामा सामेल हुन मकवानपुर बहुमुखी क्याम्पसबाट गएका दुई जना छात्रालाई चिट ल्याएको भन्दै (अभद्र व्यबहार) कपडा खोल्न लगाएको घटनाले अग्र रूप लिएको छ ।

परीक्षा दिन पुगेका दुई जना छात्रामाथि हेटौंडा क्याम्पसका कर्मचारीले दुव्र्यवहार गरेको भन्दै बुधबार बिहानैदेखि विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनले उग्र रूप लिँदा हेटौँडा क्याम्पसमा तोडफोड भएको छ । विरोधमा उत्रिएका विद्यार्थीहरूले ढुंगा प्रहार गर्दै क्याम्पसको सिसा फुटाएको प्रहरीले जनाएको छ ।