हेटौंडा । हेटौंडा क्याम्पसको १४ औ क्याम्पस सभा आज भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष मुनु सिग्देलले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

क्याम्पसले आव २०७९/८० मा अनुमानित आय ८ करोड २३ लाख ८२ हजार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । आव २०७८÷०७९ को वास्तविक आय ४ करोड ८१ लाख ८५ हजार र व्ययतर्फ प्रशासनमा ४ करोड २० लाख ९७ हजार तथा पुजीँगततर्फ १६ लाख ४६ हजार रहेको उल्लेख छ ।

कार्यक्रममा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसको वित्तिय अवस्थामा सुधार गर्दै विद्याथीहरुमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकुल सक्षम जनशक्तिको उत्पादन गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नेकपा एमालका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुर्यचन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतकाको सहभागिता रहेको अर्पण पराजुलीले जानकारी दिए ।