हेटौंडा । लागुऔषध मुक्त समाज निर्माणका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

प्रगतिशिल टोल बिकास संस्था र सिआन पुर्नस्थापना केन्द्रको सयुक्त आयोजना साथै रिकभरिगं नेपालको समन्वयमा भएको लागुऔषध मुक्त टोल निर्माण गर्न हाम्रो भूमिका बिषयक अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिइएको हो ।

लागुऔषधको हव बन्दै गएको मकवानपुरमा दैनिक लागुऔषध सहित पक्राउ पर्नेको संख्यामा बृद्धि भएको छ । लागुऔषध प्रयोगकर्ता पनि बढेकोप्रति कार्यक्रमका सहभागिहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरुले लागुऔषध मुक्त समाज निर्माण गर्ने सबैको दायित्व भएकोमा पनि जोड दिए ।

मकवानपुर प्रहरीले अहिले दैनिकजसो लागुऔषध सहित पक्राउ परेका घट्नाहरु सार्वजनिक गरिरहेको छ । लागुऔषध प्रयोगकर्ताको जमात मकवानपुरमा बढेको प्रहरी तथ्य छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रगतिशिल टोल बिकास संस्थाका अध्यक्ष जयराम खतिवडा, टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष रमिला सापकोटा, सिआन पुर्नस्थापना केन्द्रका निर्देशक शौजन डिसि, विभिन्न टोल बिकास संस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।