हेटौंडा । श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता भएको छ । हेटौंडा ४ स्थित श्री कृष्ण प्रणामी मन्दिर हेटौेंडामा हाजिरिजवाफ प्रतियोगिता भएको हो ।

प्रतियोगितामा युनाइटेड सेकेन्डरी स्कुलका लेखमान मोक्तान र रिकिशा बर्तौला प्रथम, महेन्द्र माबिका सितल श्रेष्ठ र सरुन रिजाल द्धितिय र चन्द्रोदय माबिका आकृति बिश्वकर्मा र माधब पुडासैनी तृतिय भएका थिए ।

त्यस्तै सामाजिक व्यक्तित्व टिआर निरौला र धार्मिक व्यक्तित्व मायाराम अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै प्रणामी समुदायबाट एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने बिमोचन पहाडी र यूकिशा खतिवडालाई सम्मान गरिएको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रिय अध्यक्ष जगदीशचन्द्र शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष राजु खतिवडाको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटांैडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, बद्री प्रसाद चौलागाई, प्रमोद वाग्ले, रोम प्रसाद खनाल, कार्यक्रम संयोजक सुजन तिमल्सिनाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रकाश वाग्लेले संचालन गरेका थिए ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर शाखाले हरेक बर्ष जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता, नागरिक सम्मान एवं एसईईमा उत्कृष्ट हुनेलाई सम्मान गर्दै आएको छ ।