हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागु औषध सहित दुईजनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।

प्रहरीले लागु औषध नाईट्राभेट ४८० ट्याबलेट, पाईभन क्याप्सुल४८०,डाइलेक्स डिसि १ बोटल सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले विरगंजबाट हेटांैडा तर्फ आउँदै गरेको ना ३ ख ५५९३ नंबरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी जाँच गर्ने क्रममा लागु औषध सहित हेटौंडा ४ बस्ने प्रमेशकुमार श्रेष्ठ तथा हेटौंडा ५ बस्ने दिप पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीले ना ३ ख ५५९३ नंबरको ट्याङकर समेत नियन्त्रणमा लिएको छ ।