हेटौंडा । स्काउट लिडरहरुलाई सम्मान तथा स्काउट पराक्रमी पट्ट, कोभिड १९ स्वयम् सेवक पदक आज हेटौंडामा वितरण गरिएको छ ।
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमती प्रदेश हेटौंडाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गरेको हो । २०२३ साल सम्म ७ लाख स्काउट पुर्याउने लक्ष्यका साथ काम भईरहेको छ ।
कार्यक्रममा दीर्घसेवा पदकबाट अशोक सारु मगरलाई सम्मान गरिएको थियो । स्काउटले १५ बर्षदेखि सेवा गरेकालाई दीर्घ सेवा पदक बितरण गर्ने गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरी बहादुर महत, अशोक सारु, रामहरी मैनाली, दिपेन्द्र रोक्का, अनन्त पौडेल, महेन्द्र रानामगर, बेली थापा लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्