हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौंडाका सानु लामा दोङले कुटपिट गरेका हुन् । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका छन् ।

अभियुक्त लामा फरार रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । लामा युवा संघ मकवानपुरका नेतासमेत हुन् ।

लामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुन् । सिग्देलले आफूमाथि कुटपिट भएको बताए ।

वडाध्यक्ष सिग्देल एमालेबाट निर्वाचित भएका थिए । उनलाई एमालेकै युवा संघका नेता लामाले कुटेका हुन् । लामा एमाले मकवानपुरका सदस्य हुन् ।