हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोल स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो आफ्नै दिदिसंग पौडी खेल्न गएका हेटौंडा–५ लट्टीनाथका १५ वर्षीय बालक समर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
आफ्नै दिदीसँग खोलामा पौडी खेल्ने क्रममा लामालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
खोलाले बगाएको बालकलाई घटनास्थल भन्दा करिब ७ सय मिटर तल अचेत अवस्थामा फेला पारेको र उपचारको क्रममा हेटौंडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्