हेटौंडा । पछिल्लो सयम मकवानपुर जिल्लामा डेंगु रोगको संक्रमण बढेको छ । दैनिक रुपमा एक सय भन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पताल डेंगुका बिरामीले भरिभराउ भएका छन् ।
हेटौंडा नगर क्षेत्रभित्र डेंगुको संक्रमणको संख्या उच्च छ अहिले पनि । स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाले डेंगु संक्रमण फैलिए संगै यसको नियन्त्रणमा देखिने र भेटिने गरि काम गर्न नसकेको आम हेटौंडावासीको जनगुनासो छ । डेंगु नियन्त्रण गर्न सरसफाई र औषधि छर्नुपर्नेमा उपमहानगरले माइकिङ मात्रै गरेको नगरवासीको आरोप छ ।
आज हेटौंडाका युवाहरुले सांकेतिक रुपमा हेटौंडाको काँग्रेस चोकदेखि मानसचोक क्षेत्रमा डेंगुको औषधि छरेका थिए । आनन्दराम पराजुली, सुनिल गिरी, सन्तोष अर्याल, अमिर गौतम लगायतका युवाहरुले आफ्नै खर्चले डेंगु नियन्त्रणका लागि औषधि हाल्ने काम गरेका थिए । उनीहरुले हेटौंडा उपमहानगरपालिकालाई माइकिङ मात्रै गरेर हिडेको भन्दै साँकेतिक रुपमा आफुहरुले बजार क्षेत्रमा औषधि छरेको बताएका थिए । डेंगु नियन्त्रण गर्न माइकिङ गरेर, मुखले बोलेर मात्रै नहुने भन्दै साँकेतिक रुपमा डेंगु नियन्त्रण गर्नुपर्छ भनेर उपमहानगरपालिकालाई दबाब दिएको बताए ।












प्रतिक्रिया दिनुहोस्