हेटौंडा । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्मेदवार विष्णु ढकालले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानलाई १ मतले पछि पारेका छन् ।

हालसम्म १७ हजार ४८ मत गणना गर्दा एमालेका ढकालले ७ हजार ४ सय ५६ मत प्राप्त गर्दा मोक्तानले ७ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका रामबहादुर घलेले ११ सय ३४ मत प्राप्त गरेका छन् ।