हेटौंडा । घरयासी विवाद हुँदा मकवानपुरकी रिनाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ पलासेकी ३० बर्षीय रिना ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भिर घाईते भएकी छिन् ।
गम्भिर घाईते ब्लोनलाई उपचारको लागि चितवन पठाईएको थियो तर चितवनमा पनि उपचार संभव नभएपछि काठमाण्डौँ रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्