हेटौंडा । राष्ट्रिय झण्डा संगै जेसीजको झण्डोत्तलन गरी पालुङ जेसीज बर्ष २०२३ को पहिलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । पालुङ जेसीजको सचिवालयमा नेपालको राष्ट्रिय झण्डा तथा पालुङ जेसीजको झण्डालाई झण्डोत्तलन गरिएको हो ।

थाहा नगरपालिकाको कार्यालय नजिकै रहेको जेसीज भवनमा रहेको सचिवालयको प्रांगणमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले संयुक्तरूपमा झण्डोत्तलन गरेका हुन् ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यक्रम संयोजकहरुको उपस्थिति रहेको थियो ।

बर्ष २०२३ को पहिलो कार्यक्रमको रुपमा जेसिज सचिवालय प्रांगणमा राष्ट्रिय झण्डा संगै जेसीजको झण्डा राखिएको अध्यक्ष संगम कार्कीले बताए । साथै सोमबार नै बर्ष २०२३ को पहिलो बोर्ड बैठक बसी बर्ष भरी गरिने कार्यक्रमहरुको निर्धारण गरिएको कोषाध्यक्ष माधब कार्कीले बताए ।

बैठक पश्चात् सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन समेत गरिएको थियो ।

राज कुमार के.सी.
थप जानकारी