कार्यवाहक वडाअध्यक्ष ज्ञान बहादुर श्रेष्ठको कार्यकक्ष ।
कार्यवाहक वडाअध्यक्ष ज्ञान बहादुर श्रेष्ठको कार्यकक्ष ।

हेटौंडा । घरदैलोको स्थानीय सरकारले सिंह दरबार जस्तो व्यवहार गर्न थालेपछि सेवाग्राहीले दुःख पाइरहेका छन । जनताको सेवा गर्छु भनेर आएका जनप्रतिनिधि र जनताकै करबाट तलब भत्ता बुझिरहेका कर्मचारी आफुलाई सर्वेसर्वा ठान्न थालेपछि समस्या भएको सेवाग्राहीको गुनासो छ ।

हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वडा मध्यको एक वडा हो हेटौंडा–१२ । वडा कार्यालयमा सेवा लिन पुग्दा न कार्यवाहक वडाअध्यक्ष भेटेनि गरेका छन, नत यहाँ कार्यरत कर्मचारीले सेवाग्रहीलाइ सोधेको कुरा नै बताउँछन् । वडाअध्यक्ष र वडाका कर्मचारीको रफाव देखेर सेवाग्राही आजित बनेका हुन ।

सफिारिस लिनका लागि कार्यवाहक वडाअध्यक्ष ज्ञान बहादुर श्रेष्ठलाइ कुरिरहेका सेवाग्राही । वडा कार्यालयमा सेवा लिन पुगेकी फुर्वामाया रुम्वा कर तिर्नका लागि वडा कार्यालय पुगेकी थिइन् । उनी तीन घण्टा सम्म बस्दा कर तिर्ने पालो नआएको बताउँछिन । पहिला एकदमै सजिलो रहेपनि अहिले वडाबाट लिने सेवाका लागि संघर्षनै गर्नुपर्ने अवस्था रहेको रम्बाको भनाइ छ ।

त्यस्तै वडामा दुइदिन धाउदा पनि काम नभएको गुनासो सुन्तली गोलेको पनि गुनासो छ । उनीपनि बच्चा सहित तीन घण्टा लाइनमा बस्न परेको गुनासो सुनाउँछिन ।

एकदर्जन बढी सेवाग्राही कार्यवाहक वडाअध्यक्षको सिफारिसका लागि घण्टौं कुहिरहेका छन । एकजनाका कारण सयौं जनाले वडामा दुःख पाईरहेको अवस्था छ । यहाँ सेवा लिन आएका सेवाग्राहीले पटक–पटक फोन गर्दा पनि वडा अध्यक्ष वडा कार्यालय नआउने गरेको सेवाग्राहीको गुनासो छ ।

सेवा लिन घण्टौं लाइनमा बसिरहेका सेवाग्राही ।स्थानीय निर्वाचनमा वडा अध्यक्षका रुपमा निर्वाचित भएका ललित बहादुर घलानले राजिनामा दिएर जिल्ला समन्वय समितको प्रमुखमा विजेता भएसँगै खाली रहेको वडा अध्यक्षको कार्यवाहक जिम्मेवारी पाएका पात्र हुन ज्ञान बहादुर श्रेष्ठ । उनी जनताको सेवा गर्छु भन्दै जनताको घर घरमा गएर गरेको बाचा अहिले बिर्सन थालेका छन । सेवाग्राहीको बाक्लो उपस्थित भएर पटक–पटक फोन गर्दा पनि उनी वडा कार्यालय आउँदैनन् । उनी वडामा नभेटिदा सिफारिस लगायत वडाअध्यक्षबाट हुने सबै काम रोकिन्छ भने उनको सिफारिस बिना कर्मचारीले गर्दै गर्न मिल्ने काम समेत गर्दैनन् । उनलाइ पनि वडाका कर्मचारीले टेर पुछर लाउदैनन् । यहाँका कर्मचारीमा दम्भ र घमण्डको प्रचुरता देख्न सकिने यहाँ आएका एक सेवाग्राहीले बताए ।

वडामा सेवा लिन घण्टौँ कुरेर बस्दा पनि वडा अध्यक्ष नआएपछि पटक–पटक फोन गर्दापनि उनी व्यक्तिगत काममा बजारमा व्यस्त भएको बताउँछन । आधा घण्टामा आइहाल्छु भन्दै उनले सेवाग्राहीलाई साढे दुइघण्टा सम्म कुराउने गरेका छन । समयमै वडा कार्यालय आइदिनुभो सेवाग्राहीले सेवा पाउने थिए भन्ने जिज्ञासामा उनले मेरो पनि व्यक्तिगत काम हुन्छ, म सधैं वडामा बसिरहन सक्दिन भन्ने जस्ता गैर जिम्मेवार जवाफ दिने गरेका छन । निर्वाचन अघि सरल र सहज छविका मानिने उनी अहिले कुर्सी पाएपछि दम्भ देखाउन थालेको यहाँका सेवाग्राहीको जनगुनासो छ ।

यता १२ नं. का वडा सचिव (अधिकृत छैठौं) रामलाल थिङको पनि आफ्नै गुनासो छ । उनी वडा सचिव भएपनि यहाँका कर्मचारी उनलाई खासै टेरदैनन् । उनले सोधेका कतिपय विषयमा यहाँका कर्मचारी बोल्दैनन् । कारण हुनसक्छ, कर्मचारीको दम्ब, राजनीतिक पहुँच । अझै बजेट निर्माणका बेला उनलाई ठुलो चुनौति हुनेगरेको गुनासो पोख्दछन ।

आम जनताले वडातहबाट सहज सेवा नपाइरहेको जनगुनासो आइरहँदा यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी छ । यहा यत्रो सयम बित्दा पनि अझैं उपनिर्वाचन हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले पनि बेला बेलामा छड्के अनुगमनका साथै सेवाग्राहीको गुनासो र समस्या समाधान गर्न पहल गरिदिए साँच्चै सेवाग्राहीले दिएको मतको कदर हुनुका साथैं घरघरमै स्थानीय सरकारको अनुभुति गर्न पाउथें कि ?