हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पास भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका हुन् ।

गत फागुन १४ गते आइतबार बसेको प्रदेशसभाको बैठकले दुईवटा प्रतिस्थापन विधेयकहरु प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७९ पारित गरेको थियो ।