हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको तर्फबाट ॐ वृद्वाश्रम, चौकीटोललाई एक लाख बराबरको वासिङ्ग मेसिन तथा कम्प्युटरको प्रिन्टर हस्तान्तरण गरिएको छ ।
४ नं. वडा अध्यक्ष नवीन सिग्देल, कार्यापालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य जनरल श्रेष्ठ, गीता त्रिपाठी, वडा कार्यालय सचिव टीका कंडेलसहितको उपस्थितिमा आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठसहितको आश्रम परिवारलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोदन गर्दैै वडा अध्यक्ष नवीन सिग्देलले आश्रय लिईरहेका बेसाहारा आमावुवाहरूको सहजताको लागि वडा कार्यालयको तर्फबाट उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उनले भौतिक विकाससंगै सामाजिक विकासमा ४ नं. वडा कार्यालयले ध्यान दिईरहेको बताउँदै सबैको सहयोग आवश्यक रहेको जिकिर गरे । आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठले वडा कार्यालयको तर्फबाट भएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।












प्रतिक्रिया दिनुहोस्