हेटौंडा । सरकारले भारतबाट आयात गरिएको तरकारीको परीक्षण नगरेको भन्दै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले मकवानपुर बुहमुखी क्याम्पस अगाडी तरकारी फालेर विरोध प्रर्दशन गरेको छ ।

हेटौंडा २ मा रहेको क्याम्पस प्राङ्गणमा भारतबाट नेपाल भित्रिएको तरकारी फालेर नाराबाजी समेत गरेका थिए । जनताको भान्छामा विषादी पु¥याउन खोज्ने कठपुती सरकार मुर्दावाद, नेपाली जनताको स्वास्थ्यमा राजनीति गर्न पाइदैन, कठपुतली सरकार खबरदार, तरकारीमा नेपाली जनतालाई विष खुवाएर मार्ने कामको अन्त्य गर भन्ने नारा लगाउँदै बिद्यार्थी सडकमा उत्रिएका थिए । भारतबाट बिना परीक्षण तरकारी नेपाल भित्र्याउने सरकारको निर्णय खारेज गर्नु पर्ने उनीहरुको माग छ ।