हेटौंडा । करेन्ट लागेर हेटौंडाका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने अन्दाजी ४३ वर्षीय दिपक लामिछाने रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका–१२, सिसनियास्थित आफ्नै दिदीको घरमा पुगेका लामिछाने पानी तान्ने मोटरको तारमा अचानक छुन पुग्दा करेन्ट लागी घाइते भएका थिए । लामिछानेको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्