चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुगेका छन।

अब गणना हुन बाँकी मतभन्दा लामिछानेले पाएको मतान्तर धेरै छ । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन भने मत गणना हुन २१ हजार ७७० बाँकी  छ । लामिछाने र उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाएकाे मत र लामिछाने बिच ३२ हजार ६११ फरक छ ।

श्रेष्ठले  ७ हजार ४५८ मत, एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन। बिहान ६ बजेर ३० मिनेट को गणना परिणाम अनुसार लामिछानेको जित पक्का देखिएको छ ।