विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन ।
प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।
प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईंलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकाल सफलताको कामना गर्दछु,’ उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्