हेटौंडा । अविरल वर्षाका कारण हेटौंडा र मकवानपुरगढी क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

विभागका अनुसार वर्षा मापन केन्द्रले पछिल्लो ३ घण्टामा मकवानपुरगढी र हेटौँडा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । वर्षाका कारण सो क्षेत्रका कर्रा, समारी, पूर्वी राप्ती नदी लगायत अन्य खोला तथा खहरेमा जल सतह बढ्नुको साथै आकस्मिक बाढी आउने तथा डुबानमा पर्ने सक्ने सम्भावना रहेकाले दिनभर सतर्कता अपनाउन भनिएको छ ।