हेटौंडा । मकवानपुरको हेटौंडामा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले १८ ग्राम ब्राउन सुगर सहित पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा १५ रातोमाटेबाट एकजनालाई पक्राउ गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ पर्नेमा बाराको प्रसौनी ५ का ४१ वर्षका रमेश महतो नुनिया रहेका छन्। पक्राउ गरिएको महतो माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।