हेटौंडा । हेटौंडामा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ ।
हेटौंडा–७, नागस्वती बस्ने २७ बर्षीय भेषबहादुर खड्काको शुक्रवार मृत्यु भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खड्का घर परिवारसँग छुट्टिएर आफ्नो पुरानो घरमा एक्लै बस्दै आएका थिए ।
शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा उनी फेला परेका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । खड्का लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्