हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह माघ ७ गते हेटौंडा आउने भएका छन । बागमती प्रदेशको राजधानी हेटांैडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजाआराधनाका साथै भेटघाटका लागि पूर्वराजा हेटौंडा आउन लागेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजना तथा रिपोटर्स क्लव नेपाल मकवानपुर शाखाको आयोजनामा बुधवार हेटौँडामा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पूर्वराजा शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको छ । पूर्वराजालाई एकहजार एकसय ११ जनाले स्वागत गर्ने कार्यक्रमतय भएको छ ।

पूर्वराजाले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा १३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा १० को भुटनदेवी मन्दिरमा पैदलयात्रा सहित धार्मिक अवलोकन भ्रमण, पुजाआराधना र हेटौँडा रिसोर्टमा उद्योगी, व्यवसायी, पत्रकारसँग भेटघाट गर्ने कार्यक्रमतय भएको मूल समारोह समिति संयोजक दीपक बहादुर सिंहले जानकारी दिए ।