हेटाैँडा । मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । सोमबार बिहान ट्रकको ठक्करबाट घाइते भएका चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवाका ५६ वर्षीय निमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका थापालाई मनहरी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मनहरी गाउँपालिका–७, मनहरी पुलस्थित पूर्व-पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँई दुर्घटना हुँदा थापासँगै मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका थिए । चालक गौतमको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक गौतमलाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ । साथै ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा–२१ अम्लेखगन्ज बस्ने ३९ वर्षीय ओमप्रसाद खनाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्