हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत बकैया गाउँपालिका–११ आपचौरको मोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा पर्सा, बीरगन्ज महानगरपालिका –१० पानीट्याङकीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । जितपुर भन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०९५२ नम्बरको बलगर ट्रकले म.प्र.०३–०३९ प ५६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्