हेटौँडा । सव डिभिजन वन कार्यालय हेटौँडाको आयोजनामा सोमवार हेटौँडामा सव डिभिजन वन कार्यालय स्तरीय योजना गोष्ठी सम्पन्न भएको छ । कार्यालयको चालू आव ०८२÷०८३ को स्वीकृत कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशीले सामुदायिक वन समूहले वनको ब्यवस्थापन, पर्यापर्यटन, आयआर्जन लगायतका क्षेत्रहरुमा काम गर्नु पर्ने बताए । डढेलो नियन्त्रण, अग्निरेखा निर्माण, चोरी निकासी रोक्ने र वृक्षरोपणमा समेत काम गर्नु पर्नेमा उनले जोड दिए ।

गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौँडा अन्तरगत रहेका सामुदायिक वन समूहहरुले वन सँग सम्वन्धि विभिन्न कामहरुको बारेमा समूहगत छलफल गरेका थिए ।

गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौँडाका प्रमुख बच्चुराम सुवेदी, अधिकृत छैठौ श्रीकृष्ण न्यौपाने, रेन्जर सुष्मा लामा लगायतकाले सहजीकरण गरेका थिए । गोष्ठीमा विभिन्न सामुदायिक वन र कबुलियती वन समूहका गरि २० जनाको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी