हेटौंडा । हेटौंडा ११ मा रहेको मामाघर नेपाललाई जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गरिएको छ ।
मामाघरलाई एक बोरा चामल, चार किलो दाल, पाँच किलो चिउरा, पाँच किलो चिनी, तीन लिटर तेल, फ्रुटी, बिस्कुट, चियापती सहयोग प्राप्त भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ निवासी नारायण बहादुर कार्की, तारा कार्कीले छोरी प्रसन्ना कार्की र छोरा प्रज्वल कार्कीको जन्मोत्सवमा मामाघर नेपाल मकवानपुरमा सहयोग गरेका हुन ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा तारा कार्की गिता थापा लगायतकाको उपस्थिती रहेको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए । उनले सडक बालबालिकालाई व्यवस्थापन तथा संरक्षण गरेर राखेको मामाघर नेपालप्रति गरिएको सहयोगको प्रशंसा समेत गरे ।












प्रतिक्रिया दिनुहोस्