हेटौंडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थालाई एक थान एलईडी टिभि प्रदान गर्ने हेटौडा–६ चौघडा निवासी सरोज न्यौपानेलाई संस्थाले शनिवार सम्मान गरेको छ ।

संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले आफूले टिभि सहयोग गरेको र भविष्यमा पनि संस्थालाई सहयोग गर्दै जाने न्यौपानेले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष उदय बिडारी, निवर्तमान अध्यक्ष गौरबकुमार पराजुली, ब्यवस्थापक भीमसेन पौडेल, सञ्चारकर्मी रुपेश दुलाल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, शेयर सदस्य प्रदीप ढुङगाना लगायतको उपस्थिति रहेको थियो ।

६ सय २१ जना शेयर सदस्यहरु आवद्ध रहेको संस्थाले २ करोड ५० लाख भन्दा बढीको कारोवार गरेको छ भने आफनै सुविधा सम्पन्न भवन समेत रहेको छ ।

 

भीमसेन पौडेल
थप जानकारी