हेटौंडा । मकवानपु जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले प्रत्यक्ष रुपमा जनता संग जोडिने बिषयलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन ।
मकवानपुरका संचारकर्मीहरु संग कुराकानी गर्दै उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, कार्यालयको कामकाज प्रभावकारी बनाउन, अनुगमन गर्न तथा जनताका गुनासोलाई सम्बोधन गर्न सधैं तयार र तत्पर रहेको बताए ।
सबैको सहयोग र सहकार्य आवश्यक आवश्यक रहेको बताउँदै प्रजिअ पाण्डेले आम जनताको गुनासा र समस्यालाई प्रशासनको तर्फबाट सक्दो सम्बोधन गर्ने बताए ।
यस अघिका प्रजिअ भरतमणी पाण्डेको सरुवा भएपछि उनको स्थानमा असार १७ गते जिम्मेवारी सम्हालेका राजेन्द्र देवले बैतडीको प्रजिअको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, प्रमुख सेनानी सुभाष महत, राष्ट्रिय अनुन्धानका प्रमुख पप्पु पौडेल, सहायक प्रजिअ बद्री गैरे, गुणराज न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्