हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अहिले संचालनमा रहेका सबै अटो÷मयुरीलाई रोड पर्मिट दिनुपर्ने माग गर्दै अटो व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । आज बुधबार उपमहानगरपालिका कार्यालय अगाडी अटो रोकेर अटो व्यवसायीहरुले कार्यालय घेराउ गरी रोड पर्मिटको माग गरेका हुन् ।

अहिले स्टीकर नटाँसेको अटो÷मयुरी व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अमानवीय व्यवहार गरिरहेको व्यवसायहरुले गुनासो गरेका छन् । लाइसेन्स, इजाजत पत्र र मकवानपुर जिल्ला भरि चल्ने पाउँने पर्मिट हुँदा पनि स्टीकर नटाँस्दा हैरानी खेप्नु परेको उनीहरुको भनाई छ ।

हेटौंडा उपमहानगरपालिका र अटो मयुरी व्यवसायी संघको सहमतिमा २०७६ पुस ६ गतेभन्दा अगाडी दर्ता र पर्मिट पाएका अटो मयुरीमा स्टीकर टाँस्दै आएको छ । स्टीकर टाँसिएका अटो/मयुरी मात्रै हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउँनेछन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ६ गतेभन्दा पछाडीका अटो मयुरीलाई हेटौंडा बजारले थेग्न नसक्ने निर्णय गरेको थियो । समृद्ध समाजबाट