हेटौंडा । राजनीतिक दल निकट पत्रकारलाई पोष्न बागमती प्रदेश सरकारले ६५ लाख अनुदान दिने घोषणा गरेको छ । यस आर्थिक बर्षमा सूचना तथा सञ्चार तर्फ आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशले राजनीतिक दल निकट पत्रकारलाई पोष्न अनुदान दिने घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, जनजाती पत्रकार महासंघलाई प्रदेश स्तरीय समिति मार्फत अनुदान दिने उल्लेख छ ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संगठन हो । त्यस्तै नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन, एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, माधव नेपाल नेतृत्वको समाजवादी पार्टीको संगठन समाजवादी प्रेस संगठन र जनजाती पत्रकारहरुको संगठन जनजाती पत्रकार संगठन हो ।

प्रदेश सरकारले पार्टीका पत्रकारहरुलाई खुसी बनाउन ६५ लाख खर्च गर्ने भएको छ । राजनीतिक दलमा आस्था राख्ने र नेताको गुनगान गाउने पत्रकारलाई अनुदान भनेर रकम छुट्याएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले राजनीतिक दलका पत्रकारको संगठनलाई अनुदान दिने घोषणा गरेका थिए ।