हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडैनै जग्गा धनी प्रमाणपत्र (लालपूर्जा) प्राप्त गर्ने बताएका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोगका अध्यक्ष दाहालले जिल्लामा आयोग गठन भएपछि आयोगले गरेको प्रगति विवरण सार्वजनिक गर्दै भूमिहीनले चालु आर्थिक वर्षमै जग्गा प्रमाण पत्र (लालपुर्जा) प्राप्त गर्ने दाबी गरे ।
उनले जिल्लाको बागमती गाउँपालिकामा तीन भूमिहीन दलितले लाजपुर्जा प्राप्त गरिसकेको बताउँदै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको बताए ।
यसैगरि,आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटै स्थानीय तहमा गरी ३ सय ७९ जना भूमिहीन दलित,२ हजार ४६३ जना भूमिहीन सुकुम्बासी र ३३ हजार ३२६ संख्याले अव्यवस्थित बसोबासीले जग्गा प्रमाण पत्रको लागि निवेदन दिएको बताए ।
आयोगका अनुसार पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लाजपूर्जा दिईने छ भने भने दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिईने छ ।












प्रतिक्रिया दिनुहोस्