हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कानुनी सल्लाहकारमा ईश्वरराज ढकाल नियुक्त भएका छन् ।

शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा ढकाललाई कानुनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालले उपमहानगरको काम कारवाहीमा देखिने कानुनी जटिलतामा आवश्यक सल्लाह सुझाव दिने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने जानकारी दिए ।