हेटौँडा । हेटौँडा स्थित सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका यु्वा व्यवसायी नरेन्द्र भण्डारी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा–९ निवासी भण्डारीलाई सिमेन्टको संचालन समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालिन अध्यक्ष गणेश भेटवालको निधन भएपछि अध्यक्ष पद रिक्त रहेको थियो । ३ जना सिफारिस भएकोमा सरकारले भण्डारीलाई नियुक्त गरेको छ ।