हेटाैँडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक साधारणसभा साेमवार सम्पन्न भएकाे छ । संस्थाले वार्षिकोत्सबकाे अवसर पारेर साधारणसभा गरेकाे हाे ।
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिनकाे प्रमुख आतिथ्यता एवम सहकारी संस्थाकी अध्यक्ष निर्मला लम्सालकाे सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे ।
साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला लम्सालले संस्थागत प्रतिवेदन र लेखा संयाेजक राधिका सापकोटाले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा असली ऋणि सानुमाया स्याङतान, मन्जु दाहाल, टपकुमारी हुमागाई, कान्छीमाया स्याङतान, निरुमाया लाे, बाल बचतकर्ता सलिना देवकाेटा, किशाेरी बचतकर्ता गंगा सापकाेटालाई पुरस्कृत गरिएको थियाे ।
यसैगरी ज्येष्ठ शेयर सदस्य विष्णुमाया हुमागाई, ठूलीमाया दाेङ, ठूलीमाया घलान, कुमारी लाे, लक्ष्मी भाेमजन र विष्णुायाा स्याङतानलाई समेत सम्मानित गरिएको थियाे ।
साधारणसभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , ३ का वडा सदस्य विदुर हुमागाई, नेपाल कृषि सहकारी संघका लेखा संयाेजक महेश्वर सुवेदी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य बद्रि प्रसाद लम्साल, पशु विकास कार्यालय, मकवानपुरका अधिकृत डाक्टर मदन भण्डारी , मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ , पशु शाखा प्रमुख सत्यनारायण शाह, जागरण सहकारीका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, हिमाल महिला बहुउद्देश्यीय सहकारीकि अध्यक्ष जानुका दाहाल, नेपाल रेडक्रस मकवानपुरगढीका अध्यक्ष कृष्णप्रसाद पाेखरेल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने लगायतकाे सहभागिता थियाे ।
२ सय ९७ वटा समूह १ हजार ५८४ जना शेयर सदस्य संस्थामा आवद्व छन ।
१ कराेड ५६ लाख शेयर पूंजी, ९ कराेड ५५ लाख निक्षेप र ऋण लगानी ९ कराेड १६ लाख रहेकाे ब्यवस्थापक गिता लम्सालले बताईन ।
प्रतिक्रिया दिनुहोस्