काठमाडौं । शिवम् सिमेन्टले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतशित नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपियाँ छ ।

यसैबीच लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव अर्यालले उल्लेख गरेका छन् ।