हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिका वडा नं ३ का बाली क्षति भएका २१ कृषकहरुले गाउँपालिकाबाट राहत प्राप्त गरेका छन् ।
मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षति भएका २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आर्थिक् वर्ष २०८०र०८१ मा वडाको सिलिङ बजेटमा नै बाली क्षति भएका कृषकहरुका लागि राहतको व्यवस्था गरिएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
तरकारी पकेट क्षेत्रको रुपमा रहेका हाँडीखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षति हुने गरेको छ । कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षति हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको वडाअध्यक्ष अर्यालले बताए । कृषकहरुलाई जनही १०र१० हजारका दरले राहत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्