हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६, चुच्चेखोलास्थित कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई कृषि उपकरण वितरण गरेको छ।

हेटौँडा उपमहानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीले कृषक सदस्यलाई विभिन्न कृषि उपकरण उपलब्ध गराएको हो। कृषि उत्पादन वृद्धि तथा कृषकलाई आधुनिक कृषि प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उपकरण वितरण गरिएको संस्थाका अध्यक्ष उदय विडारीले जानकारी दिनुभयो।

सहकारीले ३८ जना सदस्यलाई ब्याट्रीबाट सञ्चालन हुने विषादी छर्ने चार्जेबल स्प्रे, आठ जनालाई मकै छोडाउने मेसिन, तीन जनालाई पानी तान्ने विद्युतीय मोटर र तीन जनालाई स्प्रे बोतल वितरण गरेको जनाएको छ।

अध्यक्ष उदय विडारीको अध्यक्षतामा आयोजित उपकरण वितरण कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

भीमसेन पौडेल
थप जानकारी