हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ ।

बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । युवा पत्रकार तथा मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु थापाको स्वर रहेको छ ।

समूह गायन स्मृती शाही, पुष्पा बोहरा, विपिन घिमिरे र पवन विकेको रहेको गीतमा योगेश काजीले संगीत संयोजन र लोकराज अधिकारीले सम्पदान गरेका छन् । गीतको भिडियो संयोजन बिनोद चौलागाईले गरेका छन् ।