माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा हेटौँडा–९ मा रहेको प्रगति माध्यामिक विद्यालय सामुदायिक विद्यालय मध्ये प्रथम हुन सफल भएकोमा बधाई छ । उत्कृष्ट नतिजा ल्याउन अध्ययनरत भाइबहिनी, शिक्षक शिक्षिका, अभिभावक, विद्यालयका व्यवस्थापन समिति सहित सबै सरोकारवाला निकायलाई बधाइ दिन चाहन्छु ।
प्रगति माविको प्रगति साँच्चिकै सम्मान योग्य छ । एसइई परीक्षामा मकवानपुरका सामुदायिक विद्यालयहरूमा सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा धेरै धेरै बधाइ दिन चाहन्छु । जिल्लाको सामुदायिक विद्यालयमध्ये ७५.७० प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको प्रगतिको प्रगति देखेर म अझैं खुसी र हर्षित पनि भए । कूल १०७ जना परीक्षार्थीले परीक्षा दिएकामा ८१ जना विद्यार्थी ११ कक्षा पढ्न पाउने र बाँकी २६ जनाले मौका परीक्षा दिन पाउने सामुदायिक विद्यालय मध्यको उत्कृष्ट नतिजा पनि हो ।
हेटौँडामा बस्नु मेरो बाध्यता थियो, तर प्रगति माविमा अध्ययन गर्न पाउनु मेरो लागि अवसर पनि थियो । प्रगतिमा अध्ययन गर्दा मैले धेरै अवसरहरू प्राप्त गरे । सम्पूर्ण शिक्षक–शिक्षिकाले मलाई अगाडि बढ्न सधैं हौसला र उर्जा साथ, सहयोग प्रदान गर्नु भएकोमा उहाँहरु प्रति म सधैं ऋणी र आभारी रहिरहनेछु । प्रगति माविबाट मैले असल शिक्षक मात्र नभै असल अभिभावक पाएको सधैँ महसुस गर्न पाए ।
हरेक विद्यार्थी पढाइमा अब्बल हुन्छ भन्ने हुँदैन, अध्ययनमा अब्बल नहुने बित्तिकै त्यस विद्यार्थीमा कुनै पनि क्षमता छैन भन्ने पनि हुँदैन । सबैमा केही न केही क्षमता हुन्छ । त्यो क्षमतालाइ बाहिर ल्याउनको लागी कसैको उत्प्रेरणाको आवश्यक पर्दछ, जुन हौसला प्रगतिबाट मिल्दछ र सोही बमोजिम विद्यार्थीको पढाइमा सुधार ल्याउन महत्त्वपूर्ण भुमिका प्रगति माविको सम्पूर्ण शिक्षक शिक्षिकाहरुले मेहनत गर्नुहुन्छ ।
एसइइमा उत्र्तिण हुनेहुने सम्पूर्ण विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना र सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय परिवारलाई धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्