हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६, चौघडाका श्यामप्रसाद श्रेष्ठले नवजीवन ज्योति क्लब, चौघडालाई ७८ थान पुस्तक हस्तान्तरण गरेका छन् । क्लबका पूर्वअध्यक्ष एवं सल्लाहकार श्रेष्ठले क्लबद्वारा सञ्चालित पुस्तकालयलाई थप सहयोग पुर्याउने उद्देश्यले पुस्तक हस्तान्तरण गरेका हुन् ।

पुस्तक हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार बास्तोला, सचिव राजकुमार फुयाल, पूर्वअध्यक्ष श्रीराम पुडासैनीलगायतको उपस्थिति रहेको थियो । क्लबका सचिव फुयालका अनुसार क्लबले सरसफाइ, वातावरण संरक्षण, वृक्षरोपण, खेलकुद, विभिन्न सीपमूलक तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

क्लबले राष्ट्रियस्तरको वातावरण पुरस्कारसमेत प्राप्त गरेको छ । क्लबद्वारा सञ्चालित पुस्तकालयमा विभिन्न विधाका ७ सय ५० भन्दा बढी पुस्तक रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी