www.anirudrakhabar.com

(DM) Diabetes mellitus वा छोटकरीमा (मधुमेह) एक दीर्घकालीन मेटाबोलिक रोग हो । इन्सुलिनको उत्पादन पर्याप्त हुँदैन वा इन्सुलिनले सामान्य रुपमा काम गर्न सक्दैन, रगतमा भएको ग्लूकोजलाई मानव शरीरलाई चाहिने उर्जामा परिणत गर्न सक्दैन । नतिजाको रुपमा, ग्लूकोज रगतमा जम्मा हुन्छ र रक्त नलीहरुलाई क्षति पुर्याउँछ, र अधिक चिनी पिसाबमा उत्सर्जित हुन्छ । विश्व स्वास्थ्य संगठन अनुसार, मधुमेहलाई खाली पेटमा (8 घण्टा देखि पानी बाहेक कुनै पनि खाने कुरा नखाएको अवस्थामा रगतमा ग्लूकोजको मात्रा) ग्लूकोजको मात्रा 7.0 mmol/L बराबर वा बढी अथवा खाना खाएको दुई घण्टापछि ग्लूकोजको मात्रा 11.1 mmol/L बराबर वा बढीको रुपमा परिभाषित गरिएको छ ।

मधुमेह (DM) को प्रकारहरुः
(Type I DM): 5% देखि 10% सम्मको DM रोगीहरु यसको कारण हुन्छ । यो बच्चाहरु र युवा वयस्कहरुमा बढी रुपमा हुन्छ । पेन्क्रियाजले काम नगर्ने भएकाले, यी रोगीहरु इन्सुलिन इन्जेक्सनहरुमा निर्भर हुन्छन् ।

2.(Type II DM): प्रायः साधारणतया हुने र लगभग 90% देखि 95% सम्मका मधुमेह रोगीहरु यस प्रकारमा पर्दछन् । शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा इन्सुलिनको उपयोग प्रभावकारी हुँदैन । सामान्यतया लक्षणहरु बिस्तारै विकास हुन्छन् र केहि व्यक्तिहरुको प्रारम्भिक चरणमा कुनै पनि स्पष्ट लक्षणहरु देखिदैन । यसले मुख्यतया मध्यम–उमेर र वृद्धहरुलाई असर गर्छ, विशेष गरी परिवारको इतिहासमा DM, मोटोपन, नराम्रो खानपिनको बानी वा व्यायामको कमी भएकाहरुलाई असर गर्छ । गम्भीर नभएको अवस्थामा, उचित व्यायाम, आहारमा नियन्त्रण गरे पुग्छ । अन्य रोगीहरुलाई (hypoglycaemic) औषधि आवश्यक हुन्छ । राम्रोसँग DM नियन्त्रण नगरेका रोगीहरुलाई, इन्सुलिन इन्जेक्सन आवश्यक पर्न पनि सक्छ ।

गर्भावस्थामा हुने मधुमेह (Gestational Diabetes): यी महिलाहरुलाई गर्भावस्थामा मधुमेह हुन्छ, जुन प्रसवपछि कम हुन्छ । तिनीहरुमा पछि गएर दोस्रो प्रकारको DM हुने उच्च जोखिम हुन्छ ।

माध्यमिक मधुमेहः यसले अन्य रोगहरु (उदाहरणको लागि, हाँडे, दीर्घकालिन पेन्क्रिया सुन्निने रोग वा लामो समयदेखि स्टेरोइडको प्रयोग) को कारण हुने मधुमेहलाई जनाउँछ ।

जोखिम कारकहरु:
-उमेर 45 वर्ष वा सो भन्दा बढी
-अधिक वजन तथा मोटोपन
-विगतमा खाली पेटमा ग्लूकोजको मात्रा विग्रिएको वा ग्लूकोजको सहनशील विग्रिएको
-उच्च रक्तचाप
-मुटु सम्बन्धि रोग (उदाहरणको लागि, कोरानरी मुटु रोग, स्ट्रोक,)
-अन्य मुटु सम्बन्धि जोखिम कारकहरु (उदाहरणको लागि, हाइपरलिपिडिमिया (hyperlipidaemia) (रगतमा असामान्यरुपमा चिल्लो वा बोसोको मात्रा बढी हुने), धुम्रपान, शारीरिक रुपमा निष्क्रिय) भएको अवस्था

मधुमेह भएको पारिवारिक इतिहास
विगतका गर्भावस्थामा DM वा पोलिसिस्टिक ओभरीयन सिंड्रोम (polycystic ovarian syndrome) (प्रजनन उमेरमा हुने हर्मोनको गडबडी) भएका महिला
DM का लक्षणहरु:

केही रोगीहरुमा कुनै पनि स्पष्ट लक्षणहरु देखिँदैन, र स्वास्थ्य जाँचको क्रममा मात्र अवस्थाको बारेमा थाहा हुन्छ । साधारणतया देखिने लक्षणहरु निम्न छन्ः

-बारम्बार पिसाब आउने

-धेरै तिर्खा लाग्ने

-थकान

-खाना रुचे पनि शरीरको वजन घट्ने

-विशेष गरी गुप्ताङ्ग भागका छालाहरु चिलाउने

-घाउहरु संक्रमण हुने र घाउ निको हुन धेरै समय लाग्ने

जटिलताहरु:

तीव्र जटिलताहरुः रगतमा ग्लूकोज अत्याधिक मात्रा (डायबेटिक केटोएसिडोसिस, हाइपरओस्मोलर नन्केटोटिक कोमा) वा धेरै कम मात्रा (हाइपोग्लाइकेमिक कोमा) भएमा होस गुमाउन पनि सक्छन् । यी आपतकालीन अवस्था हुन् र बिरामीलाई तुरुन्तै अस्पतालमा लैजानु पर्छ ।

दीर्घकालीन जटिलताहरुः लामो समयसम्म रगतमा उच्च ग्लूकोजको मात्राले रक्त नलीहरुलाई क्षति पुर्याउँछ र मुटु, रक्त नलीहरु, रेटिना, मृगौला र स्नायुहरु लगायतका विभिन्न प्रणाली र अंगहरुमा रोग निम्त्याउन सक्छ । यसले गर्दा मृगौलाले काम नगर्ने, अन्धो हुने, मुटु सम्बन्धि रोग, स्ट्रोक, र तल्लो अङ्गमा अल्सर हुने अवस्था निम्त्याउन सक्छ । त्यसैले, दीर्घकालीन जटिलताहरुको जोखिम कम गर्न राम्रोसँग नियन्त्रण गरिएको रगतको ग्लूकोजको मात्रा अत्यन्तै महत्वपूर्ण छ ।

मधुमेह कसरी नियन्त्रण गर्ने ?

शरीरको वजन ठिक्क कायम राख्नुहोस् । यदि शरीरको अत्याधिक वजन कम गरियो भने इन्सुलिनको उत्पादन सही मात्रामा ल्याउन सकिन्छ
स्वस्थ खानपिनको बानी बसाल्नुहोस् । कम चिल्लो, कम चिनी, कम नुन र उच्च फाइबर भएको सन्तुलित खानाको पालना गर्नुहोस् ।

कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको शारीरिक गतिविधि गर्नुहोस्, जस्तै जगिङ गर्ने, हिँड्ने, , पौडि खेल्ने ।, (यदि तपाईंलाई मुटु रोगको जोखिम भएमा, कृपया व्यायाम गर्नु अघि चिकित्सक सङ सल्लाह लिनुहोस्)

-मदिरा सेवन नगर्नुहोस्

-धुम्रपान नगर्नुहोस्

नियमित रुपमा फलो अप गर्नुहोस्ः रगतमा ग्लूकोजको मात्रा, रक्तचाप, रगतमा लिपिडको मात्रा र BMI(body mass index) को लागि उपचार लक्षहरु निर्धारित गर्न नजिकको डाक्टरसँग पारामारसह गर्नुहोस् । स्वास्थ्य मूल्याङ्कन नियमित रुपमा गर्नुहोस् र कुनै जटिलताहरु छ कि भनेर हेर्नुहोस् । औषधिहरु खानुहोस् वा स्वास्थ्यसेवा विशेषज्ञहरुको सल्लाह अनुसार इन्सुलिनको इन्जेक्सन लगाउनुहोस् । औषधि खाएपछि असहज महसुस भएमा नजिकको डाक्टरसँग परामर्श गर्नुहोस् । कहिल्यै पनि औषधिको मात्रा आफै समायोजित नगर्नुहोस् वा औषधि खान नछोड्नुहोस!! रोकथाम: नियमित रुपमा व्यायाम गर्नुहोस् !

-धुम्रपान र मदिरापान नगर्नुहोस् !

-सन्तुलित आहारको पालना गर्नुहोस्!
-शरीरको वजन ठिक्क कायम राख्नुहोस् !

Dr. Nabin poudel…..( NMC: 27432)

https://www.facebook.com/profile.php?id=61554935921039

डाक्टर नवीन पौडेल
थप जानकारी