हेटौंडा । मकवानपुरमा २४ घण्टामा १० जनालाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण हुनेमा १० जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । साउन महिनामा मंगलबारसम्म ४४ जनामा डेंगु देखिएको हो । हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा १९ जना पुरुष र २१ जना महिलामा डेंगु देखिएको हो ।
यस्तै, हेटौंडा अस्पतालमा साउन १ देखि २१ सम्म ४० जनामा डेंगु देखिएको छ । अस्पतालमा जाँच गराउन आएका ५ सय २ जनामध्ये ४० जनालाई डेंगु भएको हो । डेंगु जाँच गराएका ४० जनामध्ये ४ जना अस्पतालमै भर्ना भएका छन् ।












प्रतिक्रिया दिनुहोस्