हेटौंडा । हेटौंडा-६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार समूहको सभाहलमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । समूहको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजलाई आफ्नो रितिरिवाज अनुसार मनाउनु पर्नेमा जोड दिएका थिए । समूहले महिलाहरुलाई एक ठाउँमा भेला गराएर एक आपसमा दुःख साट्ने स्थान दिएकोमा महिलाहरुले खुशी ब्यक्त गरे ।हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य सरिता सापकोटा, विजय पौडेल, लेखराज ढकाल, वन समूहकी सचिव नानीमायाँ रुम्बा, वन समूहद्वारा गठित सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, उन्नती महिला समूहकी अध्यक्ष विमलाकुमारी दंगाल, लगनशिला महिला मसूहकी अध्यक्ष जोगमाया राई, एकता महिला समूहकी अध्यक्ष गौरी सुवेदी, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका बिडारी, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी